News Portal

  • सबै ठाउँमा उम्मेदवारी दिएको भए दोब्बर मत पाउने माधव नेपालको दाबी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १३ असार २०७९
    ४२७ पटक
    भक्तपुर, १३ असार २०७९

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा सबै पालिकामा उम्मेदवारी दिएको भए आफूहरुले २० लाख मत ल्याउने दावी गरेका छन् ।

    आज पार्टीको केन्द्रीय परिषद बैठकलाई सम्बोधन गर्दै नेपालले २८ प्रतिशत स्थानीय तहमा उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएको दाबी गर्दै सबै ठाउँमा उम्मेदवारी दिएको भए यो भन्दा दोब्बर मत पाउने अध्यक्ष नेपालले बताएका छन् । उनले संघीय निर्वाचन क्षेत्रका १६५ र प्रदेशसभातर्फका ३३० सिटमा नै उम्मेदवारी दिने गरी तयारी थाल्न समेत निर्देशन दिए । नेपालले अब सम्पूर्ण ध्यान आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा लगाउनुपर्नेमा जोड दिए ।

    दुवै निर्वाचनमा समानुपातिक प्रणालीतर्फको मत चाहिने भन्दै नेपालले उक्त मत बढाउनेतर्फ ध्यान दिन पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...