News Portal

  • जग्गा धितो राख्न रोक नलगाएको शशी श्रेष्ठको दाबी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १३ असार २०७९
    ४८८ पटक
    भक्तपुर, १३ असार २०७९

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएको छन् ।

    आज राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०७९ मा मन्त्रालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले धितो राख्न रोक नलगाएको स्पष्ट पारेका छन् । उनले पालिकाबाट जग्गाको वर्गीकरण भएपछि मात्र कित्ताकाट र धितो राखी ऋण लिन पाउने व्यवस्था गरिएको बताए।
    मन्त्री श्रेष्ठले यसो गर्नुको मुख्य उद्देश्य कृषियोग्य जग्गाको संरक्षण र खाद्य सुरक्षाको अवस्थामा सुधार ल्याउनु रहेको उल्लेख गरे।

    जग्गाको वर्गीकरण गर्न पालिकालाई अनुरोध गरेको र सबै पालिकाको भूउपयोग नक्सा तथा तथ्याङ्क तयार गरी पालिकालाई हस्तान्तरण गरिसकेको उल्लेख गर्दै त्यसलाई आवश्यकताअनुसार अद्यावधिक गरी पालिकाले जग्गाको वर्गीकरण गर्न सक्ने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...