नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग गठबन्धनको यात्रा गरेर समाजवादको संकल्प गर्न नमिल्ने बताएका छन् ।
नरबहादुर कर्मचार्य फाउण्डेसनको अन्तरक्रिया कार्यक्रममा बोल्दै सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरुले आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिइने बताएका छन् । तर एमाले महासचिव पोखरेलले भने समाजवादबारे बहस गर्दा गठबन्धनको संकल्प गर्न नमिल्ने बताए । उनले यात्र गठबन्धनको, संकल्प समाजवादको नमिलेको महासचिव पोखरेलको भनाइ छ ।
यदि कांग्रेसलाई समाजवादी पार्टीका रुपमा स्वीकार नगर्ने हो भने कांग्रेस नेतृत्वको गठबन्धनमा बसेर समाजवादको बहस गर्नु कार्यकर्ता अलमल्याउन मात्र हुने पनि उनले बताए ।