News Portal

  • प्रस्तावित ठाउँमै विमानस्थल बनाइने छःप्रधानमन्त्री देउवा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १८ असार २०७९
    ४४८ पटक
    भक्तपुर, १८ असार २०७९

     

    प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्। उनले अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताएका हुन्।

    सत्ता गठबन्धनका शीर्ष नेतासहित शनिबार प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणका लागि बारा पुगेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले दुई वटा रनवे सहितको विमानस्थल बनाइने भन्दै कम क्षतिमा जसरी पनि विमानस्थल बन्ने दाबी गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको जिकिर गरे। उनले सर्वोच्च अदालतबाट विमानस्थल अवरूद्ध गर्ने कुनै आदेश नआएको स्पष्ट पार्दै विमानस्थल बनेरै छोड्ने बताए। यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउने विषयमा सर्वोच्च अदालतको फैसलाले बाटो खुलेको बताए।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...