News Portal

  • माओवादीको पदाधिकारी टुंग्याउने सम्भावना कम

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, असार १९ २०७९
    २२९ पटक
    भक्तपुर, असार १९ २०७९

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछन् । यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् ।

    माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको माओवादीले कमिटीमार्फत पुष्पकमल दाहाल प्रचण्डलाई फेरि अध्यक्षमा चुनेको छ। तर पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो समेत बनाएको छैन ।

    राष्ट्रिय सभागृहमा आइतबार बिहान ११ बजे बोलाइएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे रिपोर्टिङ गर्नेछन् । अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो प्रस्ताव गर्ने कार्यसूची छ । तर महासचिवबारे कुनै सहमति नजुटेको र निर्वाचनमा जाने तयारी पनि नभएकाले यो बैठकले पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको एक केन्द्रीय सदस्यले बताएका छन् ।

    शनिबार साँझ बसेको पूर्वस्थायी कमिटीका पूर्वपदाधिकारीको बैठकमा पनि यसबारेमा कुनै सहमति नभएको एक नेताले बताएका छन् ।केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै आगामी चुनावको कार्ययोजना पनि बनाउने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार...

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...