News Portal

  • अर्थमन्त्री प्रकरणबारे प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार २०७९
    ५०० पटक
    भक्तपुर, २१ असार २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवादित अर्थमन्त्री जनार्दन शर्माको विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।

    आज बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले यस्तो निष्कर्ष निकालेको माओवादी केन्द्रीय कार्यालयका एक नेताले जानकारी दिए ।
    ‘प्रमुख प्रतिपक्षी दलले संसदीय छानबिनको माग गरेको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालय लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चर्को आलोचना भइरहेको छ । मन्त्रालयले सिसिटिभी फुटेज पनि हराएको भनेपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग बढ्दो छ ।

    संसदीय छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउने वा राजीनामा दिएर विवाद समाधान गर्ने भन्ने विषयमा निकास दिन छलफल गर्न लागिएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...