धरान उपमहानगरपालिकाले मेयर हर्क साम्पाङले मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय गरेका छन् ।
मेयरका लागि किनेको सरकारी गाडी बेचेर रोलर किन्ने निर्णय हिजो कार्यपालिकाले बैठकबाट पारित भएको हो । नगरको आफ्नै रोलर भयो भने खाल्डाखुल्डी पुर्न, तत्काल बनाउन काम लाग्छ भनेर यस्तो निर्णय भएको मेयर साम्पाङले बताए ।
मेयर निर्वाचित भए पनि साम्पाङ प्राय आफ्नो मोटरसाइकल प्रयोग गर्छन् । धरान बाहिर जानुपरे मात्रै सरकारी गाडी चढ्ने गरेका छन् । अब बिक्रीका लागि कानुनी प्रक्रिया पूरा गर्ने काम सुरु भएको छ ।