News Portal

  • बलात्कार मुद्दामा हद म्याद संसोधनः बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २४ असार २०७९
    ४८४ पटक
    भक्तपुर, २४ असार २०७९

     

    संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले बलात्कार मुद्दामा हद म्याद बालिगको एक वर्ष र नाबालिगको हकमा २ वर्ष बढाउन सहमति जुटाएको छ । समितिले यौन हिंसा विरुद्धका केही ऐन संसोधन गर्न बनेको बिधेयकको मस्यौदामाथिको छलफलमा हद म्याद बढाउने सहमति जुटाएको छ ।

    समितिले जुटाएको सहमित अनुसार अब कुनै पनि बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षपछि अर्थात २१ वर्षको उमेर हुँदासम्म उजुरी गर्नु पर्ने छ । यस्तै बालिगको हकमा भने घटना भएको दुई वर्ष भित्र उजुरी गर्नु पर्ने छ । यसैगरी अपाङ्गता, जेष्ठ नागरिक र सुस्त मनस्थिति भएका व्यक्तिले भने घटना भएको ३ वर्ष भित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था गरिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।

    महिला अधिकारकर्मीले भने बलात्कार मुद्दामा हद म्याद हटाउनु पर्ने माग गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...