News Portal

  • चुनावअघि कुनै पार्टीसँग एकता हुदैनः माधव नेपाल

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    ४३५ पटक
    भक्तपुर, २७ असार २०७९

    नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि कुनै पनि पार्टीसँग एकता नगर्ने बताएका छन् ।

    प्रेस संगठन धनगढीले सोमबार बिहान गरेको पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले आगामी निर्वाचनसम्म एकता सम्भव नभएको तर वाम शक्तिहरूबीचको एकता आवश्यक रहेको बताएका हुन् । ‘वाम शक्तिलाई एक ठाउँमा ल्याउन विगतमा पनि आफुले भूमिका खेलेको र अझंै विचार मिल्ने वाम शक्तिहरूसँग सहकार्य गरेर जान तयार रहेको उनको भनाइ छ ।

    एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वका लागि दाबी गरेको विषयमा उनले ठूलो पार्टीको हैसियतले स्वभाविक भएको जनाए ।एकीकृत समाजवादीलाई अरु पार्टीले साथ दिएको दिन प्रदेश सरकारको नेतृत्व गर्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...