राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका बारेमा भेटवार्ता भएको हो ।
यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटेका थिए । यस्तै उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको र्थिए । भेटमा लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका छन् ।
लिउ आज स्वदेश फर्किँदै छन् ।