शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज एक वर्ष पुरा भएको छ । देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए । देउवा सरकारले एक वर्षमा गरेको कामकाज विश्लेषण गरेर बालुवाटारले आज ४२ उपलब्धी सार्वजनिक गरेका छन् ।
स्थानीय निर्वाचन तोकिएको समयमा सम्पन्न भएको देखि गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा वितरण गर्न गरिव घर परिचय पत्रको व्यवस्था गरिएको सम्म उल्लेख गरिएको छ । ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, वाढी पहिरो, प्राकृतिक प्रकोप जस्ता विपतको बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था गरिएको बताइएको छ ।
राष्ट्रिय हितमा निर्धारित परराष्ट्र नीति, सबै नागरिकलाई पुर्ण खोपको व्यवस्था गरिएको सम्म उल्लेख गरिएको छ ।