नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबैजसो क्रान्ति कम्प्रमाइजमा टुङ्गिएको बताएका छन् । अल्टरनेटिभ फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना(प्रविधि सम्बन्धी नीति संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
क्रान्ति र परिवर्तनहरू सम्पन्न गर्दा धनीले नभई गरिब वर्गले गरेको अध्यक्ष प्रचण्डले बताए । ‘क्रान्ति र परिवर्तन सम्पन्न गर्दा धनी र सम्पत्तिशालीले गरेका छैनन् । धेरै सम्पत्ति भएका करोडपति(अरबपतिहरूले त क्रान्ति गरेका छैनन् । ती श्रमजिवी, मध्यम वर्ग या सम्पत्तिहीनको विद्रोहबाट भएका छन् ।’उनले भने ।
तर, यस्ता विद्रोह धेरै कारणले कम्प्रमाइजमा टुंगिनुपर्ने स्थिति बनेको उनले बताए ।