प्रमुख विपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबीच उपसभामुखको निर्वाचनमा गठबन्धन बनेको छ । अव एमालेले उपसभामुखमा लोसपाकी सांसद चन्दा चोधरीलाई उम्मेदवार बनाएर सहयोग गर्ने भएको छ ।
नेम्वाङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो । चौधरीलाई नै सघाउने सम्भावना रहेको नेम्वाङले बताएका छन् ।
प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।