News Portal

  • सीसीटीभीका धेरै फुटेज हराएर देशलाई कमजोर बनाइएको छःजगन्नाथ खतिवडा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, ३० असार २०७९
    ३३७ पटक
    भक्तपुर, ३० असार २०७९

    नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सीसीटीभी क्यामेराका धेरै फुटेजहरू हराएर देशलाई कमजोर बनाएको बताएका छन् ।

    आज बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले सीसीटीभी विज्ञानको एउटा प्रकरण भएको र त्यही प्रकरणअन्तर्गत सीसीटीभीको फुटेज हराएर देशलाई झनै कमजोर बनाइरहेको बताए । उनले सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव नरहेको भन्दै विज्ञानलाई स्वीकार्न सकेमात्रै लक्ष्यमा पुग्ने धारणा राखेका छन् ।

    उनले भने, ‘विज्ञान प्रविधिबाट हामी पछि परेका छौँ । चिन्तन र जीवनशैलीमा क्रान्ति ल्याउनका लागि समाज परिवर्तन गर्न विज्ञानको प्रयोग गर्ने सम्पूर्ण आयामहरू तय गर्नसक्ने नीतिहरू बनाऔँ । जिन्दगीमा धेरै फुटेजहरू हमीले हराउँदै–हराउँदै गएका छौँ र आफूलाई कमजोर पारेका छौँ । सुशासन र पारदर्शिता विज्ञानलाई छलेर सम्भव छैन ।

    उपमहासचिव खतिवडाले फरक प्रसङ्गमा नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना यही हो, भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् । उनले भने, ‘पुष्पकमल दाहाल कमरेडलाई सोधौँ । नेपालको दक्षिण, पूर्व, पश्चिमको सीमाना मेरो यहीँ हो भन्ने थाहा छ छैन । भारतले मिच्दै–मिच्दै यो छेउसम्म मेरो भन्छ, नेपालले यो ठाउँमा भन्छ र प्रतिवाद गर्न सक्दैन । सम्भवतः एक सय २३ वटा स्ट्रिप नक्सा तयार गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...