News Portal

  • प्रचण्डको मोदीसँग भेट नहुने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १ असार २०७९
    ४०५ पटक
    prachanda भक्तपुर, १ असार २०७९

    तीन दिने भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नहुने भएको छ ।

    सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा गत शुक्रबार दिल्ली पुगेका अध्यक्ष प्रचण्डले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीसँग समेत भेट गर्ने बताएका थिए ।

    भ्रमणको अन्तिम दिन आइतबार प्रचण्डले अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा पुगेर भेट गरे पनि प्रधानमन्त्री मोदीसँग भेट नहुने उनको सचिवालयले जनाएको छ । ‘जसले निम्तो दिनु भएको थियो त्यो नै अन्तिम भेट थियो,’ प्रचण्डको सचिवालय भन्यो, ‘यसपटकको भारत भ्रमण उपलब्धिमुलक भएको छ ।’

    प्रचण्ड आज (आइतबार) साँझ नेपाल फर्किने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...