News Portal

  • प्रहरी समायोजनमा दबाव दिन प्रदेश गृहमन्त्रीहरु काठमाडौंमा

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२ साउन २०७९
    ४९५ पटक
    भक्तपुर,२ साउन २०७९

    प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरु शीर्ष नेताहरुलाई दबाव दिन काठमाडौं आएका छन् ।

    आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका उनीहरुले केहीबेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै छन् । साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाने उनीहरुको तयारी छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न बालुवाटार जाने मधेश प्रदेशका गृहमन्त्री भरत प्रसाद साहले जानकारी दिएका छन् । प्रहरी समायोजन लगायत जनकपुर घोषणाबारे ध्यानाकर्षण गराउन शीर्ष नेताहरुलाई भेटेका हौं,’ उनले भने ।

    २३ असारमा जनकपुरमा भएको प्रदेश गृहमन्त्रीहरुको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित ७ बुँदे जनकपुर घोषणापत्र जारी गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...