News Portal

  • काठमाण्डौ महानगरको प्रवक्तामा नवीन मानन्धर नियुक्त

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२ साउन २०७९
    ४१८ पटक
    भक्तपुर,२ साउन २०७९

    काठमाण्डौ महानगरपालिकाले प्रवक्ताका रुपमा वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई नियुक्त गरेको छ ।

    उनी महानगरको सूचना प्रविधि समितिका संयोजकसमेत भएका थिए। महानगरका मेयर बालेन्द्र साह बालेनको अध्यक्षतामा हिजो बसेको छैटौँ कार्यपालिका बैठकले यो निर्णय गरेको हो ।

    बैठकले वर्षको इन्द्रजात्रा अवलोकन गर्न महानगरसँग भगिनी सम्बन्ध भएका नगरबाट मेयर तथा प्रतिनिधिलाई निमन्त्रणा गर्ने निर्णयसमेत गरेको छ । यसअघि २०७६ सालको इन्द्रजात्रामा अवलोकन गर्न महानगरले छवटा देशका १३ नगरबाट मेयर, उपमेयर तथा प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो ।

    तत्कालीन समयमा पाँचवटा देशका ११ वटा नगरबाट चार जना मेयर, उपमेयरसहित ४१ पाहुना सहभागी भएका थिए । बैठकले महानगरको सार्वजनिक खरिद नियमावली संशोधनका लागि सहमति दिएको छ ।

    चालु अर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार यस वर्षदेखि वडाबाट खुला प्रतिस्पर्धात्मक विधिबाट सेवा खरिद हुनेछ । यसका लागि खरिद नियमावली संशोधन गर्नुपर्ने भएको हो । बैठकका राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारीले अहिलेसम्म खाद्य संस्थान र बीमा संस्थाने राजस्व नतिरेको जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...