News Portal

  • आगामी निर्वाचनबाट एमाले सरकारमा फर्किनेः ओली

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,४ साउन २०७९
    ४६९ पटक
    भक्तपुर,४ साउन २०७९

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै त्यसको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज बागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले उक्त निर्देशन दिएका हुन् ।

    ‘देशको समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढाउने, बाटोमा लान सक्ने त्यस्तो सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्ने छ,’ उनले भने, ‘यी उद्देश्य प्राप्त गर्ने गरी हामी अगाडि बढ्नुपर्ने छ ।’

    उनले आगामी मंसिरमा चुनाव हुनैपर्ने भन्दै यसबीचमा भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने र जनतालाई सरकारले दिएका पीडालाई अन्त्य गर्नुपर्ने बताएका छन् ।

    राष्ट्रियता, विकास, सुशासनलाई उपयुक्त ढंगले बढाउन एमालेको सरकारले मात्र सक्ने ओलीले बताए । उनले भने, ‘एमाले जस्तो पार्टी जसले राष्ट्रियता, जननजीविका, सुशासनका प्रश्न आदिलाई र बाह्य सम्बन्धलाई पनि सन्तुलित र उपयुक्त ढंगबाट बढाएर राष्ट्रिय हितको रक्षा, सम्बद्र्धन गर्न सक्छ त्यो भनेको एमालेको सरकार हो ।उनले संवैधानिक व्यवस्था अनुसार आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुनैपर्ने बताएका छन, तर सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको ओलीले बताए ।

     

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...