News Portal

  • बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्न गृह मन्त्रालयको निर्देशन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ साउन २०७९
    ६१६ पटक
    भक्तपुर, ५ साउन २०७९

    गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा ध्यानाकर्षण भएको जनाएको छ ।

    मन्त्रायका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनहरूलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सु(सूचित गर्न गराउनुहुन तथा उपरोक्त बमोजिम बाहेकका सरकारी सवारी साधन बिदाका दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागु गर्नु गराउनुहुन अनुरोध छ ।”

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...