News Portal

  • निश्चित उद्देश्यसहित दलहरूको तालमेल हुनुपर्छः गगन थापा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ५ साउन २०७९
    २७६ पटक
    भक्तपुर, ५ साउन २०७९

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदै गरेको सङ्घीय र प्रादेशिक चुनावमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताएका छन् ।

    नेपाल प्रेस युनियन चितवनले आज बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल के का लागि हो पहिले नै टुङ्गो लाग्नुपर्ने बताए । महामन्त्री थापाले चुनावपछि र अगाडिको तालमेल असफल भएको पनि जिकिर गरेका छन् । तत्कालका लागि नाफा मात्रै देखिन्छ भने त्यो आवश्यक नभएको उनले स्पष्ट पारे ।

    महामन्त्री थापाले कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउनका लागि तालमेल आवश्यक रहेको बताए । बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उनको भनाइ थियो । नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्नका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको उनले जिकिर गरे।

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...