News Portal

  • पाल्पा दुर्घटना अपडेटः मृत ६ जनाकै सनाखत, एकजना घाइतेको अवस्था गम्भीर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ९ साउन २०७९
    २३८ पटक
    भक्तपुर, ९ साउन २०७९

    पाल्पाको लघुवामा भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना ६ जनाको मृत्यु भएको थियो । १७ जना घाइते भएका थिए ।

    मृत्यु हुनेमा रुपन्देही देवदह ७ की दिलकुमारी कामी, गुल्मी मुसिकोट ४ का लालबहादुर राना, बागलुङ बडिगाडकी ओमकला थापा, कपिलवस्तु वाणगंगा २ का यमबहादुर सोमै, गुल्मी चन्द्रकोट ८ का प्रवेश काफ्ले, नवलपरासी वर्दघाटकी पूर्णिमा कामी रहेका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तका अनुसार एकजना घाइतेको अवस्था गम्भीर छ ।

    घाइते हुनेमा बस चालक रुपन्देही कञ्चन गाउँपालिका वडा ५ किसन श्रीस, कपिलवस्तुको वाणगंगा नगरपालिका २ का पिताम्बर रेग्मी, गुल्मी सत्यवती गाउँपालिका ६ खैरेनीका छविलाल ढकाल, सोही ठाउँकै पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका टेकलाल रसाइली, रौतहटको बृन्दावन गाउँपालिका ७ का संजयकुमार ठाकुर, म्याग्दी रुपा गाउँपालिका ४ कीसुमित्रा रोका, विश्वास रोका, रुपन्देही देवदह नगरपालिका ७ का खड्कबहादुर विक, बाग्लुङ बडीगाड गाउँपालिका १० का सिजन थापा, रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नंं ११ कालिकानगरका गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं। ८ मझुवाकी प्रियंका काफ्ले, सोही ठाउँकै रचना सुवेदी, रिया सुवेदी र गुल्मी चन्द्रकोटका चन्द्रबहादुर कामी छन् ।

    बस करिब २५० किलोमिटर तल खोलामा खसेको थियो । आइतबार साँझ दुर्घटनामा परेको बसमा चालकसहित २३ जना यात्रु सवार थिए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...