News Portal

  • जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने छः उद्योगमन्त्री बडू

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,११ साउन २०७९
    ४६६ पटक
    भक्तपुर,११ साउन २०७९

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गरिने बताएका छन् ।जनकपुर चुरोट कारखाना निरीक्षणपछि संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री बडूले देशमा रहेका रुग्ण उद्योग जनकपुर चुरोट कारखाना, हेटौँडा कपडा उद्योग के कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा आवश्यक अनुगनमनपछि निर्णय गर्ने जानकारी दिए ।

    देश आयातमा बढी निर्भर रहेको समयमा बन्द तथा जीर्ण अवस्थामा रहेको कलकारखानालाई पुनःसंचालनमा ल्याउने तयारी स्वरुप आफूले जचुकालीको निरीक्षण गरेको उनले प्रतिक्रिया दिएका छन् ।राष्ट्रिय उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्यअनुरुप जचुकालीलाई समेत संचालनमा ल्याउने तयारी सरकारको रहेको उनले बताए । यसका लागि सरकारले बजेट पनि विनियोजन गरेको उनको भनाइ थियो ।

    मधेश सरकारले यहाँको जग्गा प्रशासनिक भवनका लागि प्रयोग गर्न मागेको विषयमा मन्त्री बडुले अहिले सरकारले यस विषयमा ठोस निर्णय नगरेकाले यसका विकल्पहरू खुल्ला रहेको बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...