News Portal

  • एसपीपीबारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने माधवकुमार नेपालको जिकिर

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,११ साउन २०७९
    ३८९ पटक
    भक्तपुर,११ साउन २०७९

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन ढिलाइ गरेको विषयमा परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका छन् ।

    बुधबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन ढिलाइ गरेको बारे परराष्ट्रमन्त्रीसँग जवाफ माग्नुपर्ने बताएका हुन् । उनले यस विषयमा रक्षा मन्त्रालयका सचिवसँग पनि जवाफ माग्नुपर्ने बताए ।

    अनुचित शर्त राखेको आर्थिक सहयोग त लिन नहुने भन्दै अध्यक्ष नेपालले कुनै सैन्य सहयोग लिनेबारे त सोच्न पनि नसकिने बताए । कुनै पनि देश आफ्नो सुरक्षा स्वार्थका लागि नेपाललाई प्रयोग गर्ने सोच बाट मुक्त हुनुपर्ने अध्यक्ष नेपालले बताए ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...