News Portal

  • काठमाडौं सहित बागमती प्रदेशका १९ स्थानीय तहले संघमा बजेट पेश गरेनन्

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१६ साउन २०७९
    ६२६ पटक
    भक्तपुर,१६ साउन २०७९

    बागमती प्रदेशको काठमाडौं महानगरपालिकासहित १९ वटा स्थानीय तहले अझैसम्म चालू आर्थिक वर्षको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेका छैनन्।

    चालू आर्थिक वर्ष २०७९ ८० को बजेट असारमा नै पास गरिसके पनि बागमती प्रदेशका १९ स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश नगरेका हुन्। नयाँ आर्थिक वर्ष सुरु भएको दुई साताभन्दा बढी भइसके पनि १९ स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको छ।

    बागमती प्रदेशमा १ सय १९ स्थानीय तह रहको छ। तीमध्ये देशको संघीय राजधानी रहेको काठमाडौं महानगरसहित १९ वटा पालिकाको बजेटको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उल्लेख भएको छैन। बजेट पेश भएका स्थानीय तहका विवरण मन्त्रालयको वेबसाइटमा अपडेट गरेको छ।। वेबसाइटमा हेर्दा प्रदेशका १९ स्थानीय निकायले बजेट पेश नगरेको देखिएको छ। प्रदेशमा रहेका ११९ मध्ये हालसम्म १०० स्थानीय तहले बजेट पेश गर्दा १९ स्थानीय तहले अझै पेश नगरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

    मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर र रसुवा जिल्लाका सबै स्थानीय तहको बजेट मन्त्रालयमा पेश गरिसकेको छ भने बाँकी ९ वटा जिल्लाका केही स्थानीय तहले हालसम्म चालू आर्थिक वर्षको बजेट मन्त्रालयमा पेश गरेको छैन। दोलखाको आठमध्ये सात स्थानीय तहले बजेट पेश गरिसकेको मन्त्रालयको वेबसाइटमा उल्लेख छ। यस्तै, सिन्धुपाल्चोक जिल्लामा १२ स्थानीय तह छन्। यसमध्ये हालसम्म ९ स्थानीय तहले बजेट पेश गरेका छन् भने बाँकी तीन पालिकाले बजेट पेश गर्न अलमल गरिरहेका छन्।

    जिल्लाको जुगल गाउँपालिका, बलेफी गाउँपालिका र भोटेकोशी गाउँपालिकाले बजेट पेश नगरेका हुन्। धादिङको १३ मध्ये तीन स्थानीय तहले मन्त्रालयमा बजेट पेश गरेका छैनन् । जिल्लाको खनियाबास गाउँपालिका, थाँक्रे गाउँपालिका र सिद्धलेख गाउँपालिकाले भने अझै बजेट पेश नगरेको पाइएको छ भने देशकै संघीय राजधानीको रूपमा रहेको काठमाडौं जिल्लामा ११ स्थानीय निकाय रहेका छन् । जसमध्ये हालसम्म १० स्थानीय तहले आफूले ल्याएको बजेट मन्त्रालयमा पेश गरिसकेका छन् भने काठमाडौं महानगरपालिकाले भने हालसम्म बजेट पेश नगरेको पाइएको छ।

    यस्तै, ललितपुरका ६ मध्ये हालसम्म चार स्थानीय तहले मात्रै मन्त्रालयमा बजेट पेश गरेका छन्। दुई स्थानीय तह कोन्जोसोम गाउँपालिका र गोदावरी नगरपालिकाले बजेट नै पेश गरेका छैनन्। यस्तै, सात स्थानीय निकाय रहेको चितवन जिल्लामा हालसम्म चारवटाले मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बजेट पेश गरेका छन्। तीन स्थानीय निकाय माडी नगरपालिका, राप्ती नगरपालिका र इच्छामनकामना गाउँपालिकाले भने अझै मन्त्रालयमा बजेट पेश नगरेको मन्त्रालयको वेबसाइटमा उल्लेख गरिएको छ।

    नुवाकोट जिल्लामा १२ स्थानीय निकाय रहेकोमा बेलकोटगढी नगरपालिका र दुप्चेश्वर गाउँपालिकाले बजेट पेश गरेका छैनन्। सिन्धुलीको ९ मध्ये आठ स्थानीय तहले बजेट पेश गरेका छन् भने हरिहरपुरगढी गाउँपालिकाले बजेट पेश गरेको छैन। त्यस्तै, रामेछापको ८ स्थानीय निकायमध्ये ६ वटाले बजेट पश गरिसकेका छन् भने दोरम्बा शैलुङ गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाले अझै पनि बजेट पेश गरेका छैनन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...