म्याग्दीमा जिम्बु टिप्ने क्रममा शंकास्पद वस्तु समात्दा ४ युवा घाइते भएका छन् ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ प्याङ भन्ने उच्चलेंकको ओढारमा मंगलबार बेलुका करिब ५ बजेतिर जिम्बु खोज्न जाने क्रममा शंकास्पद वस्तु भेटिएको र त्यसलाई के रहेछ भनी खोल्ने क्रममा अचानक पड्किएर ४ जना युवा घाइते भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
विस्फोटक पदार्थ पड्किएर घाइते हुनेमा म्याग्दीको मालिका गाउँपालिका –३ का २२ वर्षीय रेस रोक्कामगर, १९ वर्षीय टिका बुढामगर,२५ वर्षीय तेजेन्द्र रोक्कामगर र २५ वर्षीय दिलिप रोक्कामगर घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । प्रजिअ शर्माका अनुसार वारागुङको तेताङ लेंकमा जिम्म टिप्न गएका युवाहरु विस्फोटक पदार्थ पड्किएर घाइते भएको र उनहरुलाई जोमसोम अस्पतालबाट थप उपचारका लागि पोखरा रिफर गरिएको जानकारी दिए।