News Portal

  • कार्यालयको क्षमता वृद्धि गर्न अर्थमन्त्रीको निर्देशन

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२० साउन २०७९
    ४४० पटक
    janardan sharma भक्तपुर,२० साउन २०७९

    अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरूलाई आ आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्।

    आर्थिक वर्ष २०७८ ७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्‍याउन योग्य बनाउनु पर्ने बताएका छन् ।

    अहिलेको काम गर्ने मुख्य औजार सफ्टवेयर भएकाले उनले कार्यालयहरूलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा विकास गर्न पनि निर्देशन दिएका छन्।

    उनले अन्य मन्त्रालय र निकायलाई बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका निर्वाह गर्नु पर्ने भन्दै कुनै पनि मन्त्रालय र निकायका कामलाई अर्थ मन्त्रालयले रोक्न नहुने बताए ।

    साना किसान विकास बैङ्कले काठमाडौं उपत्यकाको तरकारीको खपतको आवश्यकता पूरा गर्ने गरी उत्पादन बढाउन किसानको खेत खेतमा पुग्न पनि शर्माले निर्देशन दिए। कृषि विकास बैङ्कले गाउँका किसानलाई कर्जा दिन निर्देशन दिँदै गाउँका किसानले भाका नसार्ने भएकाले त्यसो गर्न उनले निर्देशन दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...