News Portal

  • मेलम्ची खोलामा बाढी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२१ साउन २०७९
    ५३८ पटक
    भक्तपुर,२१ साउन २०७९

    हिजो रातिदेखिको वर्षाका कारण मेलम्ची खोलामा बाढी आएको छ । बाढीका कारण मेलम्ची र हेलम्बुका विभिन्न सडक खण्ड अवरुद्ध भएका छन् ।

    मेलम्चीको सिमखेत, मेलम्ची नगरपालिका(२ निवुगाउँ, मेलम्ची(भोताङ सडक खण्डमा पर्ने राम्चे, हेलम्बुको ढुङ्ग्रे बजार लगायतमा बाढीले सडक अवरुद्ध पारेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिएका छन्।

    अरनिको राजमार्ग अन्तर्गत जुरेमा लेदो माटोसहित आएको पहिरोले सडक पुरेको र अहिले खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । यस्तै, बाढीले साँधीखोलामा रहेको ह्युमपाइप बगाएपछि ठूला मालवाहक गाडी आवतजावतमा समस्या भएको उनले बताए।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...