News Portal

  • बर्खास्त भएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष कार्यालयमा हाजिर

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२२ साउन २०७९
    ३०७ पटक
    भक्तपुर,२२ साउन २०७९

    सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजिर भएका  छन् ।मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो ।

    भोलिपल्ट शनिबार भएका कारण उनले बर्खास्तको चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजीर गरेको निगम स्रोतले जनाएको छ ।  सरकारले बर्खास्त गरेपछि नेतृत्वमा बस्नेहरु कार्यालय जाने प्रचलन हुँदैन ।

     

    सरकारले अघिल्लो महिना उनलाई निलम्बन गरेको थियो । निलम्बनको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएपछि उनी काममा फर्किएका थिए ।

    सरकारले विभिन्न अभियोगमा छानबिन सुरु गरेपछि निलम्बनमा परेका उनलाई शुक्रबार बर्खास्त गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    कमलविनायक–नगरकोट सडक निर्माण कम्पनीले नै गरे सम्झौता रद्दको घोषणा

    भक्तपुरको कमलविनायक–नगरकोट सडक सुधार एवम् बिस्तारको जिम्मा पाएको नेपाली निर्माण कम्पनी सैलुङ्ग कन्सट्रक्सन (एससीसीपीएल) र...

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...