News Portal

  • मेयर बालेन र नर्भिक अस्पतालका कर्मचारीबीच विवाद

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२४ साउन २०७९
    २८४ पटक
    भक्तपुर,२४ साउन २०७९

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र थापाथलीस्थित नर्भिक इन्टरनेसनलका कर्मचारीबीच चर्काचर्की भएको छ । अस्पतालले नियमविपरीत बनाएका टहरा आज भत्काउने तयारीबीच बालेन अस्पताल पुगेका थिए । बालेनले अस्पताल प्रशासनलाई उक्त टहराबाट सामान हटाउन आग्रह गर्दा कर्मचारी आक्रोशित भएका हुन् ।

    महानगरअन्तर्गतको सहरी व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै अस्पतालले लिजमा लिएको जग्गाको पश्चिमतर्फ निर्माण गरेका संरचना खाली गर्नका लागि २४ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । तर, अस्पतालले अत्यावश्यक बिरामीको उपचारका लागि चाहिने संवेदनशील सामग्री राखेको भन्दै २४ घण्टामै टहरा भत्काउन नसकिने जनाएको छ ।

    अस्पतालले सरकारको नाममा रहेको जग्गा लिजमा लिई सरकारसँगको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी टहरा बनाएको महानगरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...