News Portal

  • मधेस प्रदेशले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२८ साउन २०७९
    ४०१ पटक
    भक्तपुर,२८ साउन २०७९

    मधेस प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न भएको छ। शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध सडक आन्दोलन थाल्ने बताएका हुन् ।

    मन्त्री साहले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिने पत्रकार सम्मेलनमार्फत बताए । मन्त्री साहका अनुसार आइतबारदेखि एक हप्तासम्म प्रत्येक दिन सोही समयमा धर्ना दिने बताए। धर्नामा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू, नागरिक समाजका अगुवाहरूलगायत सबै पक्षको सहभागिता रहने छ । एक हप्तासम्ममा पनि संघीय सरकारको ध्यानाकर्षण नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिने मन्त्री साहले चेतावनीसमेत दिए।

    संघीय गृह मन्त्रालयले प्रहरी समायोजनको सम्पूर्ण काम पूरा गरिसकेको र नेपाल सरकारले निर्देशन दिए सात दिनभित्र समायोजन गर्न सकिने बताइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव अघि समायोजन सम्भव नभएको आशयको प्रतिक्रिया दिएको मन्त्री साहले बताए।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...