आज पनि देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन्। कर्मचारीको वृत्ति विकासलगायत माग राख्दै आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्।
सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्। यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए। योग्यता पुगेका राजपत्र अनङ्कित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिनुपर्ने नासुहरुको माग छ । उनीहरूले संघीय निजामती सेवा ऐन छिटो जारी गर्नुपर्ने पनि बताएका छन्। साथै साउन ३० भित्र आफूहरूले उठाएका माग पूरा गरिनुपर्ने उनीहरूको माग छ।