News Portal

  • नवलपरासीका पीडित किसानहरूको पेरिसडाँडामा धर्ना

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,३१ साउन २०७९
    ३९२ पटक
    भक्तपुर,३१ साउन २०७९

    नक्कली जग्गाधनी खडा गर्ने र भ्रष्ट कर्मचारीलाई कारबाहीको माग गर्दै नवलपरासीका पीडित किसानहरूले नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएका छन् ।

    आफूले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा नक्कली जग्गाधनी बनेर अर्कैको नाममा नामसारी गरेर भूमाफियाले जग्गा हडपेको भन्दै नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका ६ का पीडित सङ्घर्ष समितिले आज बिहान माओवादीको पार्टी कार्यालय अगाडि धर्ना दिएका हुन् । आज पेसिसडाँडामा माओवादीको स्थायी कमिटीको बैठक बसिरहेको छ ।

    पीडित ब्यासमुनी चौधरीले आफ्नो जग्गा फिर्ता गराइदिन र भू(माफियालाई कारबाही गर्न अध्यक्षलाई ध्यानाकर्षण गराउन आएको बताए । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले छानबिन गरेर २३ जनालाई निलम्बन समेत गरिसकेको छ । तर पक्राउ गरेको छैन ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...