नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले सत्तारुढ दलहरुको सिट बाँडफाँटमा भागवन्डा मिल्ने वित्तिकै राष्ट्रियसभा सदस्यबाट राजीनामा दिने भएका छन् । प्रतिनिधीसभातर्फ प्रत्यक्षमै चुनाव लड्नका लागि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् ।
राष्ट्रियसभामा उनको अझै ४ वर्षे कार्यकाल बाँकी नै छ । उनले अहिले चुनावमा भने माओवादी केन्द्रको चुनाव चिन्ह्रमा चुनाव लड्ने गरी माओवादीसँग सहमति बनाएका छन् । माओवादीको मंगलबार विहान बसेको स्थायी समिति बैठकले पनि वामदेव र वावुराम भटटराईको पार्टीलाई माओवादीको चुनाव चिन्ह्रमा चुनाव लड्न दिने गरी सहमति बनाएको छ ।
अव यो सहमति सगै माओवादीको गोलाकारभित्रको हसियाँ हथौडा चुनाव चिन्हमा वामदेव प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव लड्नेछन् ।