News Portal

  • बन्चरेडाँडामा आज पनि प्रहरी परिचालन गरेर फोहोर ढुवानी गर्ने

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१ भदौ २०७९
    ३६० पटक
    भक्तपुर,१ भदौ २०७९

     

    काठमाडौं उपत्यकाको फोहोर विसर्जन कार्यमा आज पनि स्थानीयले अवरोध गर्ने भएका छन् । आफूहरूका माग पूरा नगरिएको भन्दै उनीहरू आन्दोलित छन् । काठमाडौंबाट २ सय भन्दा धेरै गाडीमा फोहोर लोड गरेर सिसडोल पुगेर अड्किएका छन् ।

    सशस्त्र प्रहरी बेस क्याम्प बन्चरेडाँडाका नायब निरीक्षक युवराज रिजालका अनुसार आज पनि प्रहरी परिचालन गरेर फोहोर ढुवानी गर्ने तयारी छ । आज फोहोर बोकेर गएका १०० सवारीसाधन मुड्खु भञ्ज्याङबाट अगाडि बढिसकेका जनाइएको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिने तयारी छ ।

    मंगलबार पनि त्यस क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरी र स्थानीयबीच झडप हुँदा एकजना घाइते भएका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...