नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलाल शरदले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले चुनाव हार्ने निश्चित रहेको बताएका छन् । वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने उनले बताए ।
संयोजक गौतम माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने सहमति भएपछि असन्तुष्टि जनाएका हुन्।
राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको उनको बुझाइ छ। २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए।