News Portal

  • सिट बाडफाँटको प्रस्ताव आउने संभावना

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, १ भदौ २०७९
    ३२० पटक
    भक्तपुर, १ भदौ २०७९

    आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटको सहमति जुटाउन बनेको कार्यदलमा सिट बाँडफाँट प्रस्ताव आउने संभावना न्यून देखिएको छ । सोमबार कार्यदलले सिट बाँडफाँटबारे प्रस्ताव ल्याउने जिम्मा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको थियो ।

    त्यही अनुरुप नै उनले सत्तारुढ दलका नेताहरुलाई अनौपचारिक रुपमा छलफल गरिरहेका छन् । तर छलफलका आधारमा अहिलेसम्म सिट बाँडफाँटको मिलनबिन्दु के हो भनेर फेला परिनसकेको सिटौला निकट स्रोतले बतायो ।

    आज (बुुधबार) साँझ बस्ने कार्यदलको बैठकमा सिट बाँडफाँटसम्बन्धी प्रस्ताव पेश गर्ने भनिए पनि त्यसबारेमा कुनै पनि प्रगति हुन नसकेको हो र सिट बाँडफाँट कसरी गर्ने भन्नेबारेमा नै कार्यदलका सदस्यहरु र सत्ता गठबन्धनका शीर्ष नेताहरु अलमलमा रहेको कार्यदल स्रोतको भनाइ छ ।

    सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन भन्दै ११ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको बैठक लगातार बसे पनि सहमति जुट्ने संभावना कम देखिएपछि संयोजक सिटौलालाई प्रस्ताव ल्याउन भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...