News Portal

  • रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,१ भदौ २०७९
    ४१० पटक
    भक्तपुर,१ भदौ २०७९

     

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने भएको छ । अध्यक्ष रवि लामिछानेले बुधबार एक भिडियो सन्देशमार्फत आफ्नो पार्टी प्रतिनिधि सभा चुनावमा सहभागी भए पनि प्रदेश सभा चुनावमा भने सहभागी नहुने जानकारी गराएका हुन ।

    निर्वाचन आयोगले ४ मंसिरमा एकै पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारी गरिरहेको छ । प्रदेश सभाको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनमा सहभागी भएको तर्क लामिछानेको छ । उनले आफूहरु व्यवस्था विरोधी नभएको जिकिर गरेका छन् । ‘यही संरचनामा हामी प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहानमा सहभागी हुनु बाहेक केही होइन,’ उनको तर्क छ, ‘हामी व्यवस्थाविरुद्ध छैनौं । प्रदेशसभाको चुनावमा सहभागी हुन चाहँदैनौं ।

    प्रदेशसभा, प्रदेश प्रमुख र प्रदेश अन्तर्गतका सबै मन्त्रालय खारेजीको माग गरेका लामिछानेको पार्टीले मुख्यमन्त्री भने प्रत्यक्ष निर्वाचित हुनुपर्ने तर्क गरेको छ । प्रदेश मुख्यमन्त्री र फरक लिंगको एक उपमुख्यमन्त्री हुने र प्रत्यक्ष निर्वाचिन मुख्यमन्त्रीहरुले नै जिल्ला प्रमुख नियुक्त गर्नु पर्ने उनको भनाइ छ ।

     

    मुख्यमन्त्रीले सोझै राष्ट्रपतिसँग सपथ लिने व्यवस्था हुनुपर्नेमा जोड दिएका लामिछानेले पालिका सभाका सदस्यबाट प्रदेश परिषद गठन गर्ने धारणा राखेका छन् । प्रदेश परिषदमा पालिका प्रमुख र उपप्रमुख मात्रै रहने छन् । प्रदेश परिषदले नै प्रदेशसभाको काम गर्ने छ । प्रदेश परिषदको बैठक वर्षमा २ पटक मात्रै बस्ने उनको प्रस्ताव छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...