६ भदौ,
निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख गरिएको छ ।
भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको हो । यसअघिका निर्वाचनमा पनि सिमावर्ती जिल्लामा भारतबाट सस्तोमा गाडी भाडामा लिएर चुनावमा प्रयोग हुँदै आएको थियो ।
‘बढीमा दुईवटा दुई पाङ्ग्रे, वा तीनपाङ्ग्रे वा चार पाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन मात्र प्रयोग गर्न पाउने बताएका छन् । दल वा उम्मेदवारले अनुमति लिएको सवारी साधन प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने प्रस्ताव पनि आचार संहितामा उल्लेख गरिएको छ ।