नक्सापास विना बनाएको संरचना हटाउन बुद्धनगर पुगेका काठमाडौं महानगरका मेयर बालेन साहले अल्फा विटाका प्रतिनिधिसँग नक्सा माग गरेका छन् । त्यसलगत्तै ती प्रतिनिधिले उनीसँग सो घरको नक्सा मागे पछि बालेन आक्रोशित हुँदै तपाईंको घरको नक्सा तपाईंसँग हुन्छ कि मसँग भन्दै झोँकिएका थिए ।
घर धनीले आफूलाई महानगरबाट आधिकारिक पत्र नआएको भन्दै आक्रोश पोखेपछि मेयर बालेनले काठमाडौं महानगरको घरघरमा पुगेर अन्डरग्राउन्ड खाली गर्ने सूचना दिन नसकिने भन्दै ३५ दिने सूचना गोरखापत्रमा प्रकाशन गरेको र सोहीअनुसार हटाउन निर्देशन दिएको बताए ।
घरधनीले घरको नक्सा सम्पूर्ण कागजात लिएर महानगरको कार्यालयमा आफैँ जाने बताएका छन् । अल्फा हाउसको अन्डरग्राउण्डमा पार्किङमा फार्मेसी सञ्चालन भएको छ भने सडकपेटी फुटपाथमा व्यवसाय सवारी पार्किङ गरिएको छ।