News Portal

  • पहाडमा खान नपुगेर चितवन झरेको बच्चा दुई पटक प्रधानमन्त्री भइसकेः प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ भदौ २०७९
    ३२० पटक
    भक्तपुर,२६ भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहाडमा आफ्नो परिवार चितवनमा झरेको बताएका छन्। नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै उद्देश्य बनाए सफलता प्राप्त गर्न सकिने बताएका हुन्।

    उनले भने, ‘म आफ्नो विगत र इतिहासलाई फर्केर हेर्छु म गरिब परिवारमा जन्मेको हुँ। खान लाउन नपाउने भएपछि चितवन सरेको हो। मेरो पढाइ लेखाइ सबै त्यहीँ भयो। एसएलसी गर्दैगर्दा युवाहरू छलफल भयो। त्यहाँ राजनीतिलाई ट्र्याकमा ल्याउन आवश्यक भन्ने निष्कर्षको साथ लागेको हुँ।’ उनले भने, ‘म पहाडमा खान नपुगेर चितवन झरेको बच्चा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसके। म गौरव ठान्छु, मैले युद्धको कमाण्ड गरे सुप्रिम कमाण्डर बने विस्तृत शान्ति सम्झौताको नेतृत्व गरे।’

    राजनीति ट्र्याकमा आए सबै क्षेत्रको विकास हुने उनले बताए। राजनीतिमा निरंकुशता को अन्त्य हुनुपर्ने बताए। अहिले दुई नम्बरी काम गरेर भए पनि मान्छेले जसरी पनि छिटो पैसा कमाउन प्रवृत्ति हावी भएको पनि उनदे जिकिर। युवाहरू सक्रिय भएर लागे देशको अर्थतन्त्र सहजै उकास्न सकिने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...