News Portal

  • नेपालमा डेंगी संक्रमितको संख्या सात हजार ३ सय ५६ पुग्यो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ भदौ २०७९
    ४२० पटक
    भक्तपुर,२६ भदौ २०७९

    नेपालमा डेंगी संक्रमितको संख्या सात हजार ३५६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार २०७९ साउनयता उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा धेरै वाग्मती प्रदेशमा पाँच हजार ५७५ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनीमा ९८३, प्रदेश १ मा २७४, मधेस प्रदेशमा १३८, गण्डकीमा १४४, कर्णालीमा ५३ र सुदूरपशिचममा १८८ जनामा संक्रमण देखिएको जनाइएको छ ।

    महाशाखाका अनुसार हालसम्म डेंगी संक्रमणबाट दुईजनाको मृत्यु भएको तथ्यांक छ । विभिन्न अस्पतालहरुको तथ्यांकअनुसार भने डेंगीबाट भदौ २४ गतेसम्म सातजनाको मृत्यु भइसकेको छ । डेंगी संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने विज्ञहरु बताउँछन् । वरिष्ठ सरुवारोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार डेंगी संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरु दुख्छन् । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगी छुट्याउन सकिने लक्षणहरु हुन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...