News Portal

  • सप्तरीमा ८५ भूमिहीन सुकुम्वासीहरुलाई लालपूर्जा वितरण

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२८ भदौ २०७९
    ३१७ पटक
    भक्तपुर,२८ भदौ २०७९

    सप्तरीमा राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम तिब्र पारिएको छ ।

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपूर्जा वितरण गरेकी छन् ।

    राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गर्दै भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।

    मन्त्री श्रेष्ठले स्थानीय तहले उरर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनीएको भन्दै आजलाई त्यो फाइदा भएको देखिएपनि त्यसले दिगो रुपमा ठूलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मुल्याङ्कन गरी कृषि योग्य भूमिको संरक्षण गर्न आग्रह समेत गरेकी छन् ।

    उनले नीति तथा कार्यक्रम र वजेटमा समेत आगामी २ वर्ष भित्र भूमिसँग जोडिएका सवै खालका समस्या समाधान गरीसक्ने भनिएकाले यही आर्थिक वर्षभित्र ३०० पालिकाकाका पाँचलाख भूमिहिनलाई लालपूर्जा वितरण गरिसक्ने गरी अगाडी बढेको बताइन् ।

    मन्त्री श्रेष्ठले अहिलेको सरकार र मन्त्रालय तल्लातहका नागरिलाई रोजगारी सिर्जना गर्ने, सम्मानपूर्वक जीवन यापन गर्ने र नागरिकको जीवनस्तर कसरी उकास्ने भन्नेतर्फ ध्यान केन्द्रित गरेर योजनाबद्ध रुपमा काम गरिरहेको र नतिजा देखिन शुरु भइसकेको पनि जानकारी दिएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...