 भक्तपुर,२ असोज २०७९
भक्तपुर,२ असोज २०७९काठमाडौंको बल्खुमा मोटरसाइकलको ठक्करबाट दुई जना पैदलयात्री घाइते भएका छन् ।हिजो बेलुकी भएको दुर्घटनामा घाइते हुनेमा धनुषाको जनकपुर–१० घर भई हाल बल्खु बस्ने १५ वर्षीय हलचल अन्सारी र महोत्तरीको तनुहा–१० घर भई हाल बल्खुमै बस्दै आएका १८ वर्षीय प्रमेश्वर कुमार साह रहेका छन् ।
दुवै घाइतेको बल्खु स्थित बयोद्या अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये अन्सारीको अवस्था गम्भरि रहेको प्रहरीले जनाएको छ । बा १ ब ९२९९ नम्बरको मोटरसाइकलले हिजो बेलुकी करिब सवा ८ बजे पैदलयात्रीद्धयलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न चालकले मदिरा सेवन गरेको पाइएकोले उनलाई सवारी साधन सहित प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।
