नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेख गरिएका शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई व्यवहारमा सफल बनाउन अघि बढेको बताएका छन्। संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।
संविधानमार्फत शिक्षा, स्वास्थ्य रोजगारी र उद्यमशीलता तथा सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा उल्लेख गरेको उनले बताए । उनले एमालेले मात्रै जनतालाई मौलिक हकलाई व्यवहारमा सफल रूपमा अघि बढाउने दाबी गरे।
संविधान दिवसकै अवसरमा असोज १ गते पदयात्रा गरेर युवाको भविष्य सुनिश्चित गर्नका लागि कमाइ, औषधि र पढाइको अवधारणा ल्याएको उनको भनाइ छ ।