News Portal

  • शताब्दी पुरुषको इच्छा अनुसार पार्थिव शरीर दान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० असोज २०७९
    ४७४ पटक
    भक्तपुर, ३० असोज २०७९

    शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षको उमेरमा उनको निधन भएको हो ।

    ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ः ०९ बजे जोशीको निधन भएको थियो । लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो। परीक्षण गर्दा डेङ्गु सङ्क्रमण, छातीमा निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्या देखिएको र अक्सिजन स्याचुरेसन लेभल कम भएर सघन उपचार कक्षमा सिफ्ट गरी उपचार सेवा दिइँदै आएको थियो।

    मृत्युपश्चात आफ्नो शरीर दान दिने घोषणा गरेका जोशीको पार्थिव शरीर ललितपुरस्थित किष्ट अस्पताललाई हस्तान्तरण गरिएको छ । यस अघि अपराह्न ललितपुर महानगरपालिका परिसरमा नेपाल प्रहरीको एक टुकडीले राष्ट्रिय सम्मान स्वरुप शोक सलामी चढाएको थियो ।

    उनको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय लिएको सरकारले सार्वजनिक बिदा दिने तयारी गरेको छ । एक दिन शोक बिदा दिने भएपनि सोमबार कि मंगलवार बिदा दिने भन्ने बारे सूचना प्रकाशन पछि मात्र थाहा हुने गृह मन्त्रालय श्रोतले जनाएको छ ।

    शताब्दी पुरुष सत्यमोहन जोशीका श्रीमती ३ छोरा र ३ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...