News Portal

  • सवारी साधन बुकिङ बढ्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ कार्तिक २०७९
    २७० पटक
     भक्तपुर, २७ कार्तिक २०७९

    काठमाडौंबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेसंगै टिकट बुकिङ बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा सवारी साधान बुकिङ गर्नेको संख्या बढेको हो ।

    निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

    “मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहनुभएको छ”,उनले भने ।

    महासङ्घले गत हप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको थियो । रासस

    प्रतिकृया दिनुहोस्

    व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता

    दक्षिण कोरियामा घोषणा गरिएको सैन्य शासन फिर्ता भएको छ । व्यापक बिरोध पछि राष्ट्रपति युन...

    उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो

    मंसिर १६ गते सम्पन्न स्थानीय तहकाे उपनिर्वाचनको परिणाम अनुसार प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को...

    दक्षिण कोरियामा सैन्य शासन घोषणा

    दक्षिण कोरियामा सैन्य शासन घोषणा गरिएको छ । राष्ट्रपति यून सुक यउलले देशमा मार्शल ल...

    खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ

    मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि भन्दै भक्तपुरबाट हस्ताक्षर अभियान आरम्भ भएको...

    भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा

    भक्तपुर जिल्लामा अझै १ सय ५१ एचआईभी एड्स संक्रमित रहेका स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ...