म्याग्दीमा मतगणना स्थगित गरिएको छ । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र फेला परे पछि मतगणना स्थगित गरिएको हो ।
मतगणनाका क्रममा मालिका गाउँपालिका ५ देवस्थान केन्द्रको प्रतिनिधिसभा तर्फका एकसय २ मतपत्र
मतदान अधिकृतको हस्ताक्षरबिहिन फेला परेको हो । हस्ताक्षरबिहिन मतपत्र फेला परेपछि गठबन्धनले छानबिन र कारबाहीको माग गरेका छन् ।
गठबन्धनले मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्रलाई गणना गर्नुपर्ने माग गरेका छन् । सूर्यको २४ रुखको ६५ र अन्य १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छैन । गठबन्धनले हस्ताक्षर नभएको मतपत्रका बारेमा अनुसन्धानको माग गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा तर्फको मतगणना स्थगित गरेको जनाएको छ ।