News Portal

  • कामनपाको आतंक मच्चाउने कार्य रोक्न महासंघको माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ मंसिर २०७९
    १८७ पटक
     भक्तपुर, १५ मंसिर २०७९

    अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले काठमाडौँ महानगरपालिकाको क्रियाकलापहरू
    तत्काल रोक्न महानगरपालिकासमक्ष जोडदार माग गरेको छ । संविधान तथा कानुन विपरीत र मानवअधिकार विरोधी कदम भएको भन्दै सो माग गएका हुन् ।

    “देशभरका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि नेपाल सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको, त्यसका लागि राष्ट्रिय भूमिआयोग र काठमाडौँ महानगरपालिकाको बिचमा कार्यसहमति पत्रमा हस्ताक्षर गरी लगत संकलनसम्बन्धी सूचना प्रकाशन भइसकेको कुरा सर्वविदितै छ । यस्तो अवस्थामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन फाराम भराई लगत संकलन गर्ने, प्रमाणीकरण गर्ने र दस्तावेजीकरण गरी राष्ट्रिय भूमि आयोगमा सिफारिस गर्नुको सट्टा काठमाडौँ महानगरपालिकालेथापाथली क्षेत्रमा सुकुम्बासी वस्ती भत्काउन डोजर र सुरक्षाकर्मी लिएर पुग्नुभूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संविधानप्रदत्त अधिकार हनन् गर्ने, नागरिकहरूको मानव अधिकार उलंघन गर्ने, राष्ट्रिय भूमि आयोगको काममा बाधा पार्ने र सर्वसाधारणमाथि डोजर आतंक मच्चाउने खालको छ ।”, प्रेस वक्तव्यमा लेखिएको छ ।

    काठमाडौँ महानगरपालिकालाई थापाथली मात्र नभई सिंगो महानगरपालिकाभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन फाराम भराई लगत संकलन गर्न र प्रमाणीकरण गराई आफ्ना नागरिकहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गराउन जोडदार माग गरेको अखिल नेपाल किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताएका छन् । साथै, उनले गरिब तथा निमुखा जनतामाथि डोजरको बलमा आतंक मच्चाउने र सुरक्षाकर्मीको बलमा दमन गर्ने दुस्साहस नगर्न चेतावनी समेत दिएको छ ।

    “संघीय संसदको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने क्रममा रहेको र आचारसंहिता कायमै रहेको अवस्थामा २०७९ मंसिर १२ काठमाडौँ महानगरपालिकाले मच्चाएको डोजर आतंकको विरुद्ध जनताले गरेको प्रतिरोध स्वभाविक रहेकोले हामी भूमिहीन दलित, सकुम्बासी र अव्यवस्थित बसोबासीहरूको संघर्षमा ऐक्यबद्धता प्रकट गर्न चाहन्छौँ”, उनले भने ।

    उनले महानगरपालिकालाई गरिब, निमुखा सुकुम्बासीहरूलाई यस्तो जाडोयाममा वासविहीन बनाउने, उनीहरूका स–साना नानीबाबुहरू, गर्भवती, सुत्केरी महिलाहरूलाई चिल्लिबिल्लि पार्ने गरी गर्न खोजिएका यस्ता अमानवीय हर्कतहरू नदोहोराउन र पुनः त्यसोगरिएमा उत्पन्न परिस्थितिको जिम्मेवार काठमाडौँ महानगरपालिका स्वयं हुने चेतावनी दिइएका छन् ।

    वक्तव्य अनुसार देशका दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरू, कृषि श्रमिकहरू, भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको नेतृत्व गर्ने क्रान्तिकारी किसान संगठनको रूपमा देशभरका सम्पूर्ण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन र प्रमाणीकरण प्रक्रिया सम्पन्न नभएसम्म देशकोकुनै पनि स्थानबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने वा अन्य कुनै प्रकारले दुःख दिनेकाम नगर्न/नगराउन हामी सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूसँग पुनः माग गरेको छ ।

    यस्तो हर्कत गरेमा सुकुम्बासी तथा किसानहरूको आक्रोशको निशानामा पर्ने र त्यसबाट उत्पन्न सम्पूर्ण परिस्थितिको जिम्मेवारी त्यस्ता निकायहरू स्वयंले लिनुपर्ने समेत उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...