News Portal

  • आइतबार माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ मङ्सिर २०७९
    २२९ पटक
     भक्तपुर, १८ मङ्सिर २०७९

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाएको हो ।

    मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न हिजो शनिवार पनि माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको थियो । शनिबार बसेको बैठकले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    बैठकले सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय गरेको उनले बताए ।

    माओवादी केन्द्रले पार्टी अध्यक्ष दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको उनको भनाइ छ ।

    आजको बैठकमा चुनावी परिणाम र सरकार निर्माणमा केन्द्रित छलफल हुने प्रवक्ता महराले जनाएका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...