News Portal

  • दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ मङ्सिर २०७९
    ३७२ पटक
     भक्तपुर, १९ मङ्सिर २०७९

    प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् ।
    कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई ३ सय १७ मतको अन्तरले पराजित गरेका हुन् ।

    कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरेका थिए भने शिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरे ।

    साथै दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् ।

    उनले २३ हजार ३ सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार ३ सय ५६ मत प्राप्त गरेका थिए । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...